
काठमाडौं, २३ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४८ रुपैयाँ १ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ४० पैसा र बिक्रीदर ८५ रुपैयाँ ७९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८५ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४१ पैसा रहेको छ ।
आजको मूल्यसूचीः