आरम्भ चौतारी लघुवित्तकाे नाफा र इपीएस दुबै घट्याे

-



     सफल आवाज    
     कार्तिक २३ गते २०८० मा प्रकाशित



काठमाडाैं, २३ कात्तिक । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा घटेको छ। संस्थाकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको हाे।

चालु आर्थिक वर्षको असोजसम्ममा लघुवित्तले २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएकाे हाे । गएकाे वर्ष याे नाफा ११.३० प्रतिशतले कम भएकाे छ। गएकाे वर्ष याे नाफा साेहि अवधिमा रूपैयाँ २८ लाख ६८ हजार रहेकाे थियो।

संस्थाकाे खुद ब्याज आम्दानीमा सामान्य सुधार भएकाे छ । सञ्चालन मुनाफा घटेपछि खुद नाफामा असर पुगेकाे हाे । लघुवित्तको खुद ब्याज आम्दानी ६.०३ प्रतिशतले बढेको छ । खुद फि र कमिसन आम्दानी १९.८१ प्रतिशतले घटेको छ भने अन्य सञ्चालन आम्दानी ०.७९ प्रतिशतले बढेको छ।

निष्क्रिय कर्जा ४.९५ प्रतिशतले बढेर ५.४९ प्रतिशत भएकाे छ। संस्थाले इम्पेरमेन्ट चार्जमा ९९ लाख रुपैयाँ ७६ हजार रुपैयाँ व्यवस्था गरेको जनाएकाे छ। जसकाे सञ्चालन मुनाफा ७.५१ प्रतिशतले घटेकाे छ।

लघुवित्तको इपीएस आम्दानी ४ रुपैयाँ ४७ पैसा घटेर २ रुपैयाँ ७७ पैसा कायम भएकाे । प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ६८ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे १९३.१४ गुणा रहेको छ।

संस्थाकाे चुक्ता पूँजी रूपैयाँ ३६ करोड ७१ लाख रहेकाे छ । जगेडामा रूपैयाँ ११ करोड ४९ लाख रुपैयाँ रहेकाे छ। यसमा ६.०५ प्रतिशतले बढेको हो। असोजसम्म संस्थाकाे रूपैयाँ ४ अर्ब ३१ करोड ९१ लाख निक्षेप रहेकाे छ । सापटीमा रूपैयाँ ४ अर्ब ५७ करोड ७३ लाख कर्जा लगानी रहेकाे छ।