
काठमाडौं, २३ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सनमा रुपैयाँ १ हजारले घटेको छ भने चाँदीमा रुपैयाँ ५ ले घटेको हो ।

नेपाल स’नचाँदी व्यवसायी महासंघका अन’सार छापावाल सुनमा यसदिन रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुन तोलाको १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा आज रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।