नेप्सेमा ११.८५ अंकको गिरावट, साढे ८३ करोडको कारोबार

-



     सफल आवाज    
     कार्तिक २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ कात्तिक । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । एकदिन बढी टिक्न नसकेको सेयर बजार राताम्मै भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.८५ अंकले घटेर १८५२.०८ विन्दुमा झरेको छ । नेप्सेमा ०.६३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.३६ अंकले घटेर ३५७.०४ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरु सबै राताम्मै भएका छन् । यसदिन कुल २८२ कम्पनीहरुको सेयरकारोबार भएको छ । उनीहरुको २८ लाख ३३ हजार ७३१ कित्ता सेयरको खरिदबिक्रीबाट ८३ करोड ६० लाख ५ हजार ६५६ रुपैयाँ ८ पैसा बराबरको कारोबार भएको छ ।

करोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको करोबार भएको छ । कम्पनीको ७ करोड ७० लाख ८६ हजार ६७३ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ६.९६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जि नेपाल लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.५८ प्रतिशतले घटेको छ ।