उन्नति सहकार्य लघुवित्तकाे एफपीओ भर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     कार्तिक २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ कात्तिक । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि निष्काशन गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। संस्थाले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्नका लागि एफपीओ जारी गरेको हो।

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१‍.१८ कित्ता एफपीओ खुलाएकाे हो। यसमा इच्छुक लगानीकर्ताले आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन पाउनेछन्। यसका लागि घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

एफपीओमा आवेदन सेबाेनबाट अनुमति लिएका सम्पूर्ण सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । साथै ‘मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

मिर्मिरे लघुवित्तले २०७१ कात्तिक २१ गतेदेखि उन्नति लघुवित्तको नाममा औपचारिक रुपले कारोबार शुरु गरेको थियो। सहकार्य लघुवित्तलाई प्राप्त गरेर २०७७ असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुँदै आएकाे छ ।

यसकाे कारोबार गर्ने मुख्य स्थान सिद्धार्थनगर नगरपालिका वडा नं. १२ भैरहवा, रुपन्देहीमा रहेको छ। यसका २८ जिल्लामा ८२ शाखा कार्यालयहरु रहेका छन्।

संस्थाकाे चुक्ता पूँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा रहेको छ। एफपीओ बिक्रीपछि चुक्ता पूँजी २४ करोड ६८ लाख ६५ हजार ७३६ रुपैयाँ ३२ पैसा पुग्ने भएकाे छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।