
काठमाडौं, २४ कात्तिक । चन्द्रागिरी हिल्सकाे नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे यसै आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको देखिएकाे हाे।
असोज मसान्तसम्ममा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ६३.०७ प्रतिशत बढी छ ।
गत आर्थिक वर्षमा कम्पनीकाे नाफा उक्त अवधिमा रुपैयाँ १ करोड ३१ लाख रहेकाे थियो। आम्दानीमा भएकाे बृद्धिले कम्पनीको खुद नाफा बढ्नमा सहयाेग पुगेकाे हाे ।
कम्पनीको सञ्चालन आम्दानी रुपैयाँ २० करोड ६१ लाख रुपैयाँ रहेको छ। जाे गएकाे वर्षकोभन्दा १०.५९ प्रतिशतले बढी हो। कुल आम्दानी १०.१९ प्रतिशतले बढेको छ । खर्च ५१.५९ प्रतिशत द्बखिएकाे छ।
इपीएस पनि बढेको छ। इपीएस आम्दानी २ रुपैयाँ १६ पैसाबाट बढेर ५ रुपैयाँ ५७ पैसा भएकाे छ। प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा रहेको छ । मूल्य आम्दानी ।ेसियाे १९१.१३ गुणा छ।
कम्पनीको चुक्ता पूँजी रुपैयाँ १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेकाे छ । जगेडामा रुपैयाँ २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक देखिएकाे छ।