सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     कार्तिक २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ काित्तक । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ २० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले बढेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८० रपैयाँमा कारोबार भएको थियो ।