
काठमाडौं, २५ कात्तिक । एभरेष्ट बैंक लिमिटेडको ३६० औं सञ्चालक समितिको् बैठकले डा. बालगोपाल वैद्यलाई बैककाे अध्यक्षमा नियुक्त गरेको छ । बाेर्डले सञ्चालक समितिका सदस्य रहेका डा. वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हाे ।

नवनियुक्त अध्यक्ष वैद्यले नेपाल राष्ट्र बैंकका गभर्नरबाट पद तथा गोपनियताको शपथ समेत लिएका छन् । विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा सक्रिय थिए ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहेका डा. वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् ।