आज विदेशी मुद्रा स्थिर भाउमा काराेबार हुँदै

-



     सफल आवाज    
     कार्तिक २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६३ रुपैयाँ २१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९८ रुपैयाँ २६ पैसा रहेको छ ।

आजको मूल्यसूचीः