
काठमाडौं, २६ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावा सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।