विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

-



     सफल आवाज    
     कार्तिक २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ केहि घटबढ भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ २ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ६९पैसा र बिक्रीदर ८५ रुपैयाँ ७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९८ रुपैयाँ २५ पैसा रहेको छ ।

आजको मूल्यसूचीः