लगातार सुनचाँदीको भाउमा गिरावट, यस्ताे छ बजार मूल्य

-



     सफल आवाज    
     कार्तिक २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ कात्तिक । सुनचाँदीको भाउमा लगातार गिरावट भईरहेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ २० ले घटेर तोलाको १ लाख ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।