
काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूराेको भाउ बढेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ १६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ३० पैसा र बिक्रीदर १४७ रुपैयाँ ९६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९८ रुपैयाँ २८ पैसा रहेको छ ।
आजको मूल्यसूचीः