
काठमाडौं, २८ कात्तिक । नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भइसकेकाे छ । साेही बिबरणलाइ हेर्दा अधिकांश बैकहरूकाे नाफा घटेकाे छ भने खराब ऋण बढेकाे छ। बित्तीय बजारकाे याे असहज परिस्थितिमा समेत राष्ट्र बैंक अभिभावकीय भुमिकामा देखिएकाे छैन।
बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेकाे पहिलाे त्रैमासिक वित्तीय विवरण अनुसार १२ वटा वाणिज्य बैंकहरुको नाफा घटेको देखिएकाे छ । केही वाणिज्य बैंक घाटामै गएका छन। विकास बैंक र फाइनान्स कम्पनीहरुको खराब ऋण समेत उत्तिकै बढेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काठमाडाैंकाे एक कार्यक्रममा बजारलाई चलायमान बनाउन बैकहरू र निजी क्षेत्र नै लाग्नुपर्ने भन्दै राष्ट्र बैंकबाट बढि आशा नगर्न बताएका थिए। उनकाे याे भनाइलाइ धेरैले नेगिटिभ नै माने ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले हाल बढेको खराब ऋणले आगामी दिनमा बैकहरूले सचेत भएर लगानी बिस्तार गर्न निर्देशित गरेको बताउछन।
पहिलो त्रैमासिक फाइनान्सियल रिपाेर्ट अनुसार बैंकहरुको नोक्सानी व्यवस्थापनको रकम १६ अर्ब ९४ करोड रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरू नै अब विस्तारै वित्तीय बजारमा समस्या आउन सक्ने बताउन थालेका छन्।








काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




