मंगलबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     कार्तिक २८ गते २०८० मा प्रकाशित



काठमडौं, २८ कात्तिक । लगातार ओरालाे लाग्दै आएकाे सुनचाँदीकाे भाउ स्थिर रहेकाे छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनचाँदीको भाउमा कुनै फेरबदल नभई सोमबारकै भाउ कायम गरिएको जनाएको छ ।

छापावाल सुन तोलाको १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख १३ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउमा पनि परिवर्तन भएको छैन । आज तेजाबी सुन सोमबारकै भाउ तोलाको १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा नै कारोबार भईरहेको छ ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदी सोमबारकै भाउ तोलाको १ हजार ३ सय ६० रुपैयाँमा नै खरिदबिक्री भईरहेको छ ।