आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

-



     सफल आवाज    
     कार्तिक २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४३ रुपैयाँ २५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६४ रुपैयाँ २१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८५ रुपैयाँ १२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा रहेको छ ।

आजको मूल्यसूचीः