
काठमाडाैं, ३० कात्तिक । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) काे नाफामा सुधार देखिएकाे छ ।
कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षकोभन्दा केहि बढेको छ।
यस आर्थिक वर्षको असोजसम्ममा कम्पनीले ३७ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १६.६६ प्रतिशतले बढी हो। गएकाे वर्ष याे नाफा ३२ करोड ४८ लाख रुपैयाँ थियाे । वित्तीय आम्दानी र अन्य आम्दानीमा सुधार भएपछि खुद नाफामा बृद्धि भएकाे हो।
वित्तीय आम्दानी ८.१३ प्रतिशतले बढेर ५५ करोड १३ लाख रुपैयाँ रहेकाे छ । अन्य आम्दानी बढेर १ करोड ६२ लाख रुपैयाँ भएकाे छ। प्रतिशेयर आम्दानी ५५ पैसा बढेर ६ रुपैयाँ ६६ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे २४.४९ गुणा छ।
कम्पनीकाे चुक्ता पूँजी २२ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ रहेकाे छ । जगेडामा १५.४१ प्रतिशतले बढेर रूपैयाँ २ अर्ब २८ करोड २६ लाख पुगेको छ।