
काठमाडौं, १ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रिदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५० रुपैयाँ २६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४१ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९९ रुपैयाँ २ पैसा रहेको छ ।
आजको मूल्यसूचीः