सुन तोलाको १ लाख १५ हजार ५ सयमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     मंसिर १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ मंसिर । साताको सुनचाँदीको कारोबार हुने आज शुक्रबार छैटौं तथा अन्तिम दिन हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको भाउ निर्धारण गरेको छ ।

यसदिन छापावाल सुन तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी तोलाको १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघका अनुसार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।