
काठमाडौं, ३ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, यूराेसहित अन्य मुलुककाे मुद्राको भाउ स्थिर रहेकाे छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ २१ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६ रुपैयाँ ४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९७ रुपैयाँ २८ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३३ पैसा रहेको छ ।
आजको मूल्यसूचीः