
काठमाडाैं, ४ मंसिर । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आजबाट आईपीओ बिक्रीमा ल्याएकाे छ। कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर खुलाएकाे हाे ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतले हुने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर ल्याउन अनुमति लिएकाे थियो। पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरूकाे लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता रहेकाे छ । सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता रहेकाे छ ।
कम्पनीले १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेकाे हो। सेयर भर्न इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा ३ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेकाहरूले मंसिर १८ गतेसम्म आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरूबाट आवेदन दिन पाउनेछन्। साथै ‘मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।