अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     मंसिर ५ गते २०८० मा प्रकाशित




काठमाडौं, ५ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोसहित अन्य मुलुकको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ३६ पैसा र बिक्रीदर १४६ रुपैयाँ १ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ५६ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७६ पैसा रहेको छ ।

आजको मूल्यसूचीः