डिजिटल वालेटको कारोबार भुक्तानी सफल नभए १ दिनमै रकम फिर्ता गर्नुपर्ने

-



     सफल आवाज    
     मंसिर ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ मंसिर । डिजिटल वालेटबाट कारोबार गर्दा साे काराेबारकाे भुक्तानी सफल नभए १ दिन मै पैसा फिर्ता गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

यस्तो अवस्थामा यसअघि पैसा फिर्ता गर्न वालेट कम्पनीहरुले ३ देखि ५ दिनसम्म लगाउने गर्दथे । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले अब डिजिटल वालेट काराेबारकाे भुक्तानी सफल नभएमा एक दिनभित्रै पैसा फिर्ता गर्नु पर्ने बताएका छन । विदेशमा भएको कारोबार भए ३० दिनभित्र पैसा फिर्ता गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।