अभियान लघुवित्तकाे खुद नाफा ऋणात्मक, खुद ब्याज आम्दानी पनि घटयाे

-



     सफल आवाज    
     मंसिर ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ मंसिर । अभियान लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा ऋणात्मक देखिएको छ। संस्थाकाे सार्वजिनक भएकाे गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार साे अवधिमा खुद नाफा ऋणात्मक देखिएको हाे ।

लघुवित्तकाे यस आर्थिक वर्षको असोजसम्म खुद नाफा २ करोड ८३ लाख रुपैयाँ ऋणात्मक देखिएकाे छ। गएकाे आर्थिक वर्षमा याे नाफा ३ लाख रुपैयाँ धनात्मक रहेको थियो। संस्थाकाे खुद ब्याज र खुद फि तथा कमिशन आम्दानी घटेपछि खुद नाफामा त्यसकाे नकारात्मक असर देखिएकाे हाे ।

संस्थाकाे खुद ब्याज आम्दानी ४०.९९ प्रतिशतले तथा खुद फि तथा कमिशन आम्दानी ५८.६९ प्रतिशतले घटेको छ। यसकाे कुल सञ्चालन आम्दानी ४७ प्रतिशतले घटेको छ भने असोज मसान्तसम्म सञ्चालन मुनाफा २ करोड ८३ लाख रुपैयाँ ऋणात्मक देखिएकाे छ।

संस्थाकाे प्रतिशेयर आम्दानी (इपीएस) पनि ऋणात्मक घटेकाे छ। इपीएस आम्दानी ४५ रुपैयाँ ३७ पैसा ऋणात्मक रहेको छ भने नेटवर्थ ९९.६ प्रतिशत रहेको छ।

लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेकाे छ । जगेडा कोषमा ९ लाख ९१ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने ३ निक्षेपमा सुधार भएकाे छ । याे ४.५४ प्रतिशतले बढेको छ । कर्जामा ३.४४ प्रतिशतले बृद्ध भएकाे छ।