
काठमाडौं, ५ मंसिर । मंगलबार सुनको भाउ बढेर नयाँ उचाईमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १५ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तराष्ट्रिय बजारमा तलमाथि भईरहने भाउ तथा घटनक्रमले पहेलो तथा सेतो धातुको भाउमा फेरबदल हुने बताएको छ । बढ्दो व्यापार, आर्थिक मन्दि, बिपद्, ठूला राजनीति घटनालगायतले नेपाली बजारलाई पनि असर गर्ने गरेको पाईएको छ ।