नेप्सेमा २३.८२ अंकको गिरावट, करिब १ अर्बको कारोबार

-



     सफल आवाज    
     मंसिर ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार नकारात्मक लयमा गएकाे छ ।

एउटा बाहेक बाँकी १२ वटै उपसमूहहरु राताम्मै हुँदा लगानीकर्ताहरुको मनोबल घटेको छ । लामाे समयदेखि अर्थ बजारमा आशा गरेअनुरुप सुधार हुन नसकेपछि सरकारले यतिबेला सरकारी तथा निजि क्षेत्रसंग छलफल गरिरहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ विन्दुमा झरेको छ । नेप्सेमा १.२८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.४८ अंकले घटेर ३५२.०५ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी १२ वटै उपसमूहहरु राताम्मै भएका छन् । यसदिन कुल २८५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३६ लाख ७५ हजार १०१ कित्ता सेयरको खरिदबिक्रीबाट ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको छ ।

करोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिस्टलरी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ७ करोड ७८ लाख २९ हजार २३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ८.१३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कमथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.९४ प्रतिशतले घटेको छ ।