मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प

-



     सफल आवाज    
     मंसिर ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ मङ्सिर । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १ बजेर १९ मिनेटको समयमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको हो ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले काठमाडौँ, मकवानपुर र धादिङ गरी तीनवटै जिल्लाको सिमानामा पर्ने चित्लाङमा परकम्प गएको जानकारी दिए। परकम्प काठमाडौँ नजिक भएकाले आसपास जिल्लामा ठूलो धक्का महसुस गरिएको उनले उल्लेख गरे।

काठमाडौँसहित धादिङ, मकवानपुरमा परकम्पको ठूलो धक्का महसुस गरिएको थियो । यसअघि मङ्सिर ४ गते बझाङको धमेना केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको परकम्प गएको थियो ।