कामना सेवा विकास बैक र वेष्ट्रन एशियन हाेटलबीच सम्झौता

-



     सफल आवाज    
     मंसिर ७ गते २०८० मा प्रकाशित



काठमाडाैं, ७ मंसिर । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित वेष्ट्रन एसियन हाेटलसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको बताइएकाे छ ।