
^
काठमाडौं, ८ मंसिर । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आजदेखि सेयर (आईपीओ) निष्काशन गरेकाे छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेकाे हो।
कम्पनीले सेबाेनबाट १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशनकाे अनुमति लिएकाेमा पहिलो चरणमा १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि बिक्रीमा ल्याएकाे थियाे ।
यस पटक दोस्रो चरणमा ४२ हजार कित्ता कर्मचारीहरुका लागि र ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । यसबाट बाँकी भएकाे ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे हाे ।
लगानीकर्ताले घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसका लागि मंसिर १२ गतेसम्म आवेदन दिन पाइने मिति ताेकिएकाे छ । उक्त मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा मंसिर २२ गतेसम्म आवेदन दिन पाइनेछ।
इच्छुक लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट र ‘मेरो शेयर’ अनलाइनबाट आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




