सुनको भाउ रुपैयाँ २ सयले सस्तियो, चाँदीको बढ्यो

-



     सफल आवाज    
     मंसिर ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ मंसिर । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ २ सयले गिरावट भएकाे छ । चाँदीमा रुपैयाँ ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन ताेलाकाे १ लाख १६ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियाे।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।