सुन ताेलाकाे १ लाख १७ हजार नजिक, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     मंसिर १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० मंसिर । आज आईतबार सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख १६ हजार ९ सयमा कारोबार भईरहेको छ यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको यसदिन रुपैयाँ १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ३५ ले बढेर तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा काराबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तराष्ट्रिय बजारमा भईरहने भाउको आरोह अवरोह, विभिन्न घटनाक्रम तथा आर्थिक मन्दिका असरहरुले पहेलो तथा सेतो धातुको भाउमा उतारचढाव भईरहने जनाएको छ ।