अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको बढ्यो

-



     सफल आवाज    
     मंसिर ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य मुलुकहरूको मुद्राको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रिदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ८० पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८८ रुपैयाँ १ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ९८ रुपैयाँ ४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ७९ पैसा रहेको छ ।

आजको मूल्यसूचीः