सुन तोलाको १ लाख १७ हजार ४ सय पुग्यो

-



     सफल आवाज    
     मंसिर ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ मंसिर । लगातार सुनचाँदीको भाउमा बृद्धि भईरहेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै रेकर्ड कायम गरेको छ । छापावाल सुनमा रुपैयाँ ५ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।