अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     मंसिर १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य मुलुकहरूको मुद्राको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रिदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ र बिक्रीदर १६८ रुपैयाँ ७६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ १७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८८ रुपैयाँ २८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९८ रुपैयाँ १ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० सय रुपैयाँ रहेको छ ।

आजको मूल्यसूचीः