नेप्सेमा झिनो अंकको गिरावट, १ अर्ब २८ करोडको कारोबार

-



     सफल आवाज    
     मंसिर १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ मंसिर । साताको सेयर कारोबार हुने आज मंगलबार तेश्रो दिन हाे । यसदिन नेपाली सेयर बजारमा झिनो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा झरेको छ । नेप्सेमा ०.११ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले घटेर ३६१.८५ विन्दुमा रहेको छ ।

१३ उपसमूहमध्ये ८ वटामा रातो लागेको छ । बाँकी रहेका ५ वटामा हरियो लागेको छ । यसदिन कुल २९० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको् ४७ लाख २७ हजार ९०२ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँ ८६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ४९ लाख ९८ हजार ८६४ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य घटेको छ । सो बैंकको सेयरमूल्य ५.३३ प्रतिशतले घटेको छ ।