
काठमाडौं, १३ मंसिर । नेपाल वेयरहाउजिङ्ग कम्पनीले निष्काशन गरेकाे सेयर (आईपीओ) मा आवेदन दिने आज बुधबार अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारि गरेकाे थियाे ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर जारि गरि बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे हाे ।
कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर खुलाउने स्वीकृति लिएकाे थियाे ।
पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता बाँडफाँड भइसकेकाे छ।
यस्तै २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ।
सेयर भर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ताका लागि आवेदन दिन पाउने छन् । बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
सेयर लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेराे शेयर अनलाईनबाट पनि आवेदन दिन सकिनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




