नेप्सेमा १७.९३ अंकको गिरावट, १ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     मंसिर १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ मंसिर । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । अन्य उपसमूह बाहेक सबै १२ वटैमा रातोका लागेको छ । सेयर नकारात्मक लयमा जाँदा लगानीकर्ताहरुको मनोबल घटेको छ

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ । नेप्सेमा ०.९४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९६ अंकले घटेर ३५८.८९ विन्दुमा रहेको छ ।

यसदिन नेप्सेमा १३ उपसमूहरुमध्ये अन्य उपसमूहमा मात्रै हरियो लागेको छ । बाँकी १२ वटैमा रातो लागेको छ । बजार बन्द हुन अघिसम्म हरियो रहेको समूहमा केहिबेर रातो लागेपछि आज बजार बन्द भएको समय दिनको साढे तीनबजे आउँदा भने अन्यमा पुनः हरियो लागेको थियो ।

कुल २८५ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ३३ लाख ५९ हजार ६०१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १४ करोड १ लाख ९५ हजार ५७५ रुपैयाँ ०१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड २८ लाख ९७ हजार ३० रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ ।