प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबिच सहकार्य हुने

-



     सफल आवाज    
     मंसिर १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ मंसिर । प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबिच एमओयु सम्झौता सम्पन्न भएको छ । एन्ट फाउन्डेसको ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज’, क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रममा आफ्नो ऐक्यबद्धता जनाउँदै मंगलबार दुई पक्षबिच सम्झौता भएको हो ।

सम्झौता पत्रमा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसका प्रशान्त ताम्राकारले हस्ताक्षर गरेका थिए।

सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्ध हुने महिलाहरूबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्कबाट ५० प्रतिशत सेवा शुल्क बराबरको रकमका साथै सो योजनाबाट प्राप्त हुने मुनाफाबाट २० प्रतिशत बराबरको रकम फाउन्डेसनलाई प्रभु क्यापिटलले सहयोग गर्ने जनाइएको छ ।

महिलाहरूलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकहरूले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्नेछन् ।