लिबर्टी माइक्रो लाइफ इन्स्याेरेन्सकाे लघुबीमा साक्षरता कार्यक्रम

-



     सफल आवाज    
     मंसिर १३ गते २०८० मा प्रकाशित



पोखरा, १३ मंसिर । पोखरामा प्रधान कार्यालय रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघुबिमा साक्षरता अभियान शुरू गरेको छ ।

पोखराको ताल बाराही माविका कक्षा ११ का विधार्थीबीच लघुजीवन बिमा परिचय, बिमाका सिद्धान्त, फाइदा, बिमामा जोडिन सक्ने प्रक्रिया, बिमासँग सम्बन्धित समयसामयिक विषयवस्तुमा केन्दित रहेर एक कार्यक्रम सम्पन्न गरिएको छ ।

सो कार्यक्रममा कम्पनीको गण्डकी, लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक शिवप्रसाद पौडेल, गण्डकी प्रदेश प्रमुख विश्वराज पौडेलले विद्यार्थीबीच अन्तक्रिया गरेका थिए ।

बिमाको मुलधारमा समावेश हुन नसकिरहेका विपन्न, न्यून आय भएका वर्गका व्यक्तिहरुलाई जीवन बिमामा समेट्ने उद्देश्यका साथ लघुजीवन बिमा व्यवसाय गर्न इजाजत पाएको लिबर्टी लाइफ इन्स्योरेन्सको अधिकृत पुँजी १ अर्ब, चुक्ता पुँजी ५२.२५ करोड रहेकाे छ ।

यस किसिमका लघुबिमा सचेतना कार्यक्रम देशैभरि सञ्चालन गर्ने याेजना रहेको क्षेत्रीय प्रबन्धक पौडेलले बताए । लिबर्टी लाइफ इन्स्योरेन्स कम्पनीको यही महिनाकाे अन्तिम हप्तामा औपचारिक उदघाटन हुने बताइएको छ ।