स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको शाखा बिस्तार

-



     सफल आवाज    
     मंसिर १४ गते २०८० मा प्रकाशित



काठमाडाैं, १४ मंसिर । सानिमा बैंक लिमिटेडले स्याङ्जाको पुतलीबजारमा शाखा संचालनमा ल्याएकाे छ ।

बैंकका ब्राण्ड एम्बास्डर वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उक्त नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा श्रेष्ठले पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा ल्याएकाेमा बधाई दिए । साथै उनले सबल, सक्षम तथा विश्वसनीय बैंकको रुपमा रहिरहनु पर्नेमा जाेड दिए ।

संचालक, रमेश कुमार पोखरेलले सानिमालाई ग्राहकले विश्वास गरेर नै यहाँसम्म ल्याएकाे बताए । उनले सबल र विश्वस्निय बैंकको रुपमा स्थापित हुनका लागि ग्राहककाे महत्वपूर्ण भूमिका हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले स्याङ्जामा शाखा स्थापना गरेर ग्राहकरुलाई विश्वसनीय र स्तरीय सेवा दिने प्रतिवद्धता व्यक्त गरे । उनले यस नयाँ शाखालाई स्याङ्जाका ग्राहककाे अपार माया र विश्वास पाउने अपेक्षा गरिएकाे बताए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।