अमेरिकी डलरको भाउमा सामान्य गिरावट, यूरोसहित अन्यको बढ्यो,

-



     सफल आवाज    
     मंसिर १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ । यूरोसहित अन्य मुलुकहरूको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० सय रुपैयाँ २९ पैसा रहेको छ ।

आजको मूल्यसूचीः