बिहिबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदैं

-



     सफल आवाज    
     मंसिर १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।
यसदिन सुनचाँदीको भाउ स्थिर रहि बुधबार कायम भएको भाउमा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

छापावाल सुन तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउमा पनि फेरबदल भएको छैन । तेजाबी सुन तोलाको १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा खरिदबिक्री भईरहको छ । बुधबार पनि तेजाबी सुन तोलाको १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि आज स्थिर रहेर तोलाको १ हजार ५ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ५ सय २० रुपैयाँमा नै कारोबार भएको थियो ।