नेप्सेमा १८.०६ अंकको गिरावट, १ अर्ब ३२ करोडको कारोबार

-



     सफल आवाज    
     मंसिर १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ मंसिर । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । म्युचुअल फण्ड बाहेक अरु सबैमा रातो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ विन्दुमा झरेको छ । नेप्सेमा ०.९६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.८० अंकले घटेर ३५६.०८ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । अर्थात म्युचुअल फण्डमा हरियो लागेको छ । बाँकी १२ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल २८९ कित्ता सेयरको खरिदबिक्री भएको छ । उनीहरुको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँ २१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरकाे काराेबार भएको छ । सो सेयर ११ करोड ६७ लाख १२ हजार ३ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ५.६३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।