पेट्राेल र डिजेलकाे भाउ घट्याे, ग्याँसकाे यथावत

-



     सफल आवाज    
     मंसिर १४ गते २०८० मा प्रकाशित



काठमाडाैं, १४ मंसिर। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएकाे छ । निगमले आज राती १ वजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको जानकारी दिएकाे छ ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन, आइओसीबाट ईन्धनको भाउ घटेर आएपछि नेपालमा ईन्धनको मूल्य समायोजन गरिएको निगमले जानकारी दिएकाे छ । निगमले पेट्रोलमा २ रूपैयाँ घटाएकाे छ । डिजेर र मट्टीतेलमा ४ रूपैयाँले घटाएको बिज्ञप्ती मार्फत जानकारी दिएकाे छ ।

निगमले एलपी ग्यासमा अझै प्रतिसिलिण्डर रूपैयाँ ३०० घाटा भएपनि उपभाेक्ताकाे हितलाइ ध्यानमा राख्दै ग्यासकाे मूल्य हाल साविककै कायम रहेकाे जनाएकाे छ ।