अमेरिकी डलरको भाउ बढ्यो, यूराेसहित अन्यको घट्यो

-



     सफल आवाज    
     मंसिर १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य मुलुकहरूको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ७४ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ६० पैसा र बिक्रीदर १०० सय रुपैयाँ ४ पैसा रहेको छ ।

आजको मूल्यसूचीः