लाभांश पारित गर्न निफ्राले डाक्याे पुस १७ मा साधारण सभा

-



     सफल आवाज    
     मंसिर १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, निफ्राले लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे।

बैंककाे पाँचौँ साधारण सभा आउदाे पुस १७ गते काठमाडाै बत्तिसपुतलीमा रहेकाे अनुपमा फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा डाकिएकाे छ। सभा बिहान ९ बजे शुरु हुने भएकाे छ।

सभामा हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ। साथै सञ्चालकको नियुक्तिकाे अनुमोदन, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरुमा छलफल गरेर पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बैंकले पुस ६ गते बुकक्लोज गर्ने बताएकाे छ। साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि शेयरधनीहरुले पुस ५ गतेसम्म नेप्सेमा सेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा सहभागि हुन पाउने र लाभांश प्राप्तिका लागि याेग्य हुनेछन्।