सुनको भाउ घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     मंसिर १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ मंसिर । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । सुनको भाउ घटेको छ भने चाँदीमा बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनमा रुपैयाँ ३ सयले घटेको जनाएकाे छ । चाँदीमा रुपैयाँ २० ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले बढेर तोलाको १ हजार ५ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।