आज अमेरिकी डलर र यूरोसहित अन्यको भाउ स्थिर

-



     सफल आवाज    
     मंसिर १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । यूरोसहित अन्य मुलुकको मुद्राको भाउ पनि स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ २७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ ९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ९३ पैसा रहेको छ ।

आजको मूल्यसूचीः