लाभांश पारित गर्न नेपाल हाइड्रोले बाेलायाे साधारण सभा

-



     सफल आवाज    
     मंसिर १७ गते २०८० मा प्रकाशित



काठमाडाैं, १७ मंसिर । नेपाल हाइड्रो डेभलपर कम्पनीले लाभांश पारित गर्नका लागि १७औं साधारण सभा बाेलाएकाे छ। कम्पनीकाे साधारण सभा पुस १२ गते काठमाडाैं नक्सालस्थित लिसारा रिसेप्सन्समा बाेलाइएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे हाे ।

सभाबाट २ करोड ३५ लाख १४ हजार ८५५ रुपैयाँ बराबरको बोनस शेयर र त्यसकाे कर प्रयोजनका लागि ०.३७ प्रतिशतले हुने १२ लाख ३७ हजार ६२३ रुपैयाँ ९५ पैसा बराबरको नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ ।

समाभा कम्पनीकाे प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नका लागि सञ्चालक समितिलाई त्यसकाे अख्तियारी दिने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरूमाथि छलफल गरी पारित गरिने भएकाे छ ।

कम्पनीले साधारण सभाकाे प्रयोजनका लागि मंसिर २५ गते बुकक्लोज गर्ने बताएकाे छ। शेयरधनीहरूले कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि मंसिर २४ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरू मात्रै लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन्।