
काठमाडौं, १७ मंसिर । साताको सेयर कारोबार हने पहिलो दिन आईतबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । नेपाल स्टक एक्सचेन्जले नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ विन्दुमा झरेको जनाएको छ । नेप्सेमा ०.३९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.६५ अंकले घटेर ३५४.४३ विन्दुमा रहेको छ ।
यसदिन १३ उपसमूहहरुमध्ये एउटा मात्रै माइक्रोफाइनान्स उपसमूहमा हरियो लागेको छ । बाँकी १२ वटैमा रातो लागेको छ ।
कुल २९३ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३४ लाख १९ हजार ७३ कित्त सेयरको खरिदबिक्रीबाट ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँ २७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड ९५ लाख २९ हजार २७० रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.६३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।










पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




